Wednesday, 1 April 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalसंसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक

संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक


काठमाडौं । संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । दिउँसो एक बजे संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बस्ने बैठकमा आगामी संसद बैठक सञ्चालनको सन्दर्भमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा दलीय प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका कर्मचारीहरु सहभागी हुनेछन् । गत फागुन २१ को निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक चैत १९ गते दिउँसो २ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको पहिलो बैठकले सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउनेछ । राजनीतिक दलहरूले चाहेको खण्डमा शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने अभ्यासले समेत निरन्तरता पाउनेछ ।

यस्तो छ प्रतिनिधि सभामा दलीय हैसियत
रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रमसंस्कृति र राप्रपा गरी ६ वटा दलले प्रतिनिधिसभामा राष्ट्रिय मान्यतासहित प्रतिनिधित्व गर्दैछन् । बैज्ञानिक महावीर पुन स्वतन्त्र सांसदका रुपमा रहनुहुनेछ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाबाट १८२ सांसद सहित पहिलो बन्दा, कांग्रेस ३८ सांसदसहित दोश्रो, एमाले २५ सांसदसहित तेश्रो, नेकपाका १७ सांसदसहित चौथो दलको हैसियतमा रहनेछ । पहिलोपटक निर्वाचनमा सहभागी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौं दल बन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सिट सहित छैटौं दल बनेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ