Monday, 6 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा कारको ठक्करबाट गम्भीर घाइते नेपाली विद्यार्थीका लागि सहयोग संकलन सुरु

सिड्नीमा कारको ठक्करबाट गम्भीर घाइते नेपाली विद्यार्थीका लागि सहयोग संकलन सुरु


सिड्नी/गत जनवरी २५ तारिख बिहान कारको ठक्करबाट गम्भीर घाइते भएकी नेपाली विद्यार्थी सुष्मिता लामाको उपचार प्रकृयामा सघाउन सहयोग संकलन सुरु गरिएको छ । सुष्मिताका लागि गोफण्डमिबाट सहयोग संकलन सुरु गरिएको हो । तिब्र गतिमा गुडिरहेको कारले ठक्कर दिदा सुष्मिताको टाउको र स्पाइनल कर्डमा गम्भीर क्षती पुगेको छ । सड्नीको वेष्टमिड अस्पतालको आइसियुमा उनको उपचार भइरहेको छ । स्पाइनल कर्डमा क्षति पुगेका कारण शरिरको दाइने भागमा प्यारालाइसिस समेत देखिएको छ ।

२१ वर्षिय सुष्मिता एक महिना अघि मात्रै डिप्लोमा पढ्नका लागि सिड्नी आउनु भएको हो । काममा जाने क्रममा बाटो काट्न खोज्दा बिहान ५ बजेतिर कारले सुष्मितालाई ठक्कर दिएको थियो । सुष्मितालाई अझै राम्रोसंग होस आइसकेको छैन । हालैमात्र सुष्मिताको टाउकोको अप्रेसन समेत गरिएको छ ।

सुष्मिताको सिड्नीमा कोही आफन्त नभएकाले अष्ट्रेलिया आउन सहयोग गरेको हिमालयन वल्डवाइड एजुकेशन कन्सलटेन्सीकी प्रमुख रोशनी श्रेष्ठ ले सहयोग गरिरहनु भएको छ । सिड्नीको तामाङ समाजले समेत सुष्मिताको निगरानी गरिरहेको छ । सुष्मिताको अभिभावकलाई सिड्नी बोलाउने क्रम सुरु भएको श्रेष्ठले जानकारी दिनुभयो । सुष्मिताको स्याहारसुसार राम्रो होस् भनेर अभिभावक बोलाउन लागिएको श्रेष्ठले बताउनुभयो । पक्षघातका कारण सुष्मिताले लामो समयसम्म उपचार गराउनुपर्ने र काम पनि गर्न नसक्ने भएकाले समुदायबाट केही सहयोग संकलन गर्न लागिएको श्रेष्ठको भनाई छ ।  सहयोग गर्नका लागि यो लिंकमा जानुहोस
सहयोग संकलनबाट सुष्मिताको अभिभावकलाई ल्याउन र उनीहरुको बसोबासको व्यवस्था गर्न सहयोग गरिने बताइएको छ । २० हजार डलर उठाउने लक्ष्य राखिएको छ । गैरआवासिय नेपाली संघ न्यु साउथ वेल्ससंग सरसल्लाह गरेरै सहयोग उठाउन थालिएको रोशनीले जानकारी दिनुभयो । सबैले सहयोग गरेर सुष्मिताको स्वास्थ सुधारका लागि सहयोग गरिदिन रोशनीले सबैलाई आग्रह गर्नुभएको छ ।  सहयोग गर्नका लागि यो लिंकमा जानुहोस

सिड्नीमा एक नेपाली युवतीलाई कारले दियो ठक्कर, अवस्था चिन्ताजनक


ट्याग : #accident, #Australia, #lama, #nepali student, #sushmita
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ