Thursday, 2 April 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleप्रतितोला ३ हजार ६०० ले घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार ६०० ले घट्यो सुनको मूल्य


नेपाली बजारमा आज सुनचाँदीको मूल्य केही घटेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ६०० ले घटेर २ लाख ९४ हजारमा कारोबार भएको हो । चाँदीको मूल्य प्रतितोला १६५ ले घटेर ४ हजार ७८० मा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ६०० र चादी प्रतितोला ४ हजार ९४५ मा कारोबार भएको थियो ।

मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार २०० चाँदीको प्रतितोला मूल्य ४ हजार ८४५ निर्धारण गरिएको थियो । आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार २०० र चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ