Monday, 6 April 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalटुँडिखेलको दक्षिण भागमा घाँसे मैदान बनाइदै, एक वर्षभित्र काम सक्नेगरी ठेक्का

टुँडिखेलको दक्षिण भागमा घाँसे मैदान बनाइदै, एक वर्षभित्र काम सक्नेगरी ठेक्का


काठमाडौं । टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) लाई हरियाली घाँसे मैदान बनाउनेगरि निर्माण कार्य अघि बढाइएको छ ।

काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सूचना जारी गरेर चैत ८ गतेदेखि घाँसे मैदान निर्माण अघि बढाइएको जानकारि दिएको हो । आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत घाँसे मैदान बनाउन महानगरले भ्याट सहित २ करोड ४२ लाख ५१ हजार १३१ रुपैयाँमा न्यू बेन्जामिन सुस्मन आर. के (जे.भी) सँग सम्झौता गरेको छ । एक वर्ष भित्र काम सक्ने गरी ठेक्का लगाइएको छ ।

अहिले टुँडिखेलमा धरहरा निर्माणको समयमा राखिएको माटो हटाउने, चार कुनामा बोरिङ खन्ने काम धमाधम भइरहेको छ । विभिन्न चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू हुने क्षेत्रमै घाँसे मैदान बनाउन थालिएपछि केही समय यस्ता गतिबिधिहरु रोकिने महानगरले जनाएको छ । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ