Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाली झण्डा जलाएको दृश्यसहित द्धन्द्ध भड्काउने भिडियो : थाल्यो प्रहरीले कारबाही, एकजना पक्राउ

नेपाली झण्डा जलाएको दृश्यसहित द्धन्द्ध भड्काउने भिडियो : थाल्यो प्रहरीले कारबाही, एकजना पक्राउ


काठमाडौं । अगस्ट १७ सोमबार करिब पाँच बजेतिर ‘मंगोल होप अफिसियल’ नामक युट्युब च्यानलमा एउटा भिडियो अपलोड भयो । नेपालको राष्ट्रिय झण्डा र ढाका टोपी जलाएको दृश्य राखिएको भिडियोमा बाहुन क्षेत्रीलाई शरणार्थी भनिएको छ । ‘देशद्रोही’ नाम दिएर युट्युवमा अपलोड गरिएको यस गीतले जातीय द्वन्द्व निम्त्याउने भन्दै व्यापक आलोचना भइरहेको छ ।

एक जना पक्राउ
झण्डा जलाएर जातीय गालीगलौच गरिएको भिडियो बारे हेमराज थापा र उत्तम कार्कीले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका छन् । झण्डा जलाउने कार्य राष्ट्र हितविरुद्धको गम्भीर अपराध भएकाले अपलोड गरेको जानकारी आएदेखी नै अनुसन्धानमा जुटेर एकजनालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुँबेर कठायतले जानकारी दिए । भिडियो खिच्न संलग्न देखिएका इसाक लिम्बुलाई ललितपुरको नखिपोटबाट पक्राउ गरेको प्रहरीले अन्य ६ जनाको खोजी जारी राखेको छ ।

राष्ट्रिय झण्डा जलाउने र जातीय द्धन्द्ध भड्काउने कार्यमा संलग्नहरुमाथीको अनुसन्धान र पक्राउमा महानगरीय अपराध महाशाखा, केन्द्रिय साईबर ब्यूरो,बागमती प्रदेश प्रहरी लगायतको टोली परिचालन भएको प्रहरी प्रवक्ता कठायतले बताउनुभयो । र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापर मंगोल ग्याल्ज् ली एन्ड एटीएमले लेखेका हुन् । गीत मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा सुटिङ गरेको पाइएको छ । प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १५१ (१) अनुसार पक्राउ अभियुक्तलाई मुद्दा चलाउने भएको छ ।

केछ त कानुनी व्यवस्था ?
महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले निवेदन आवश्यक कारवाहीका लागि साइबर व्यूरोमा पठाइएको बताउनुभयो । मुलुकी अपराध संहिता ऐन २०७४, को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ ।

झण्डा जलाइएका दृश्य, नेताहरुका, पूर्व राजाको फोटो जलाइएका दृश्यसँगै ब्रामण, क्षेत्रीलाई गाली गरेर जातिय द्धन्द भड्काउनेगरी अपलोड गरिएको भिडियो एक दिनमै ३ लाख बढीले हेरेका छन् । अधिकांशले भीडियोमा राखिएका दृश्य र गालीगलौचबारे चर्को आलोचना गर्दै हटाउन र कारबाहीको माग गरेपनि अहिलेसम्म हटाइएको छैन ।

यस्तो छ भिडियो

https://www.youtube.com/watch?v=THyGVAWzSx4



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ