Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsशुभकामना आदानप्रदानसहित विभिन्न कार्यक्रम गरेर बर्ष २०७८ को सुरुवात

शुभकामना आदानप्रदानसहित विभिन्न कार्यक्रम गरेर बर्ष २०७८ को सुरुवात


काठमाडौं । नेपालीहरूको नयाँवर्ष २०७८ आजबाट शुरू भएको छ । विक्रम संवत २०७८ को पहिलो दिन वैशाख १ गते नेपालीहरूले एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउँदै छन् ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष संक्रान्ति तथा वर्षको जेठो दिन पनि हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको बताउने गरेको छ । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने गर्दछन् ।

बैशाख १ गतेका दिन बिहानै नुहाउने, घरकोठा–आँगन सफागर्ने, मीठोमीठो खाने, साथी सङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदान प्रदान गर्ने प्ररम्परा समेत रहिआएको छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

नयाँ बर्षको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत बिभिन्न दलका नेताहरुले शुभकामना दिर्दै, राजनीति स्थायीत्व, सुख र संम्बृद्धीको कामना गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ