Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia४ महिनामै अष्ट्रेलियाबाट नेपाल फर्किएका मनिष अस्पतालको सैयामा, सकेको सहयोग गरौँ !

४ महिनामै अष्ट्रेलियाबाट नेपाल फर्किएका मनिष अस्पतालको सैयामा, सकेको सहयोग गरौँ !


ब्रिजबेन । अष्ट्रेलिया आएको ४ महिनामै गम्भिर बिरामी भएर नेपाल फर्किएका मनिष पराजुलीको उपचार खर्च अभाव भएपछि गोफण्ड मी मार्फत सहयोग संकलन थालिएको छ । भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार खर्च धान्न नसकेर काठमाडौं ल्याइएका पराजुलीको उपचारका लागि उनका साथी अनिष भुषाल र बाबुराम खनालले गोफण्ड मी अभियान सुरु गर्नुभएको हो ।

उच्च शिक्षा हासिल गरेर परिवारको आर्थिक अवस्था समेत सुधार्ने उद्देश्य बोकेर २०२२ जुनमा मास्टर्स इन आईटी कोर्सका लागि अष्ट्रेलियाको सिड्नी आइपुग्नुभएको थियो मनिष । ४ महिना पुग्दा नपुग्दै घाटीको समस्याका कारण नेपाली फर्किनुभएका उहाँको स्वास्थ्य परिक्षणका क्रममा घाँटीको ग्रन्थीमा क्यान्सर पहिचान भयो । भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा काठमाडौंको घडेरी बेचेर उपचार गर्न पुर्याइएका मनिषलाई अहिले खर्च अभावका कारण काठमाडौं ल्याएर एक अस्पतालमा उपचार गरिरहेको परिवारका सदस्यहरुले नेपाल ट्युबलाई जानकारि दिएका छन् ।

अहिले औषधी किन्ने समेत पैसा नभएको पराजुली परिवारलाई तपाई हामी सबैको सहयोग र साथको खाँचो रहेको छ । अपोलोको उपचार धान्न नसकेर काठमाडौं ल्याइएका मनिषको जीवन रक्षामा तपाई हामीले सकेको सहयोग गरौँ । गोफण्डमी बाहेक नेपालसँगै अन्य कुनै देशमा भएका दानविरहरुले ईसेवा नम्बर ९८४७२३६८८० मार्फत समेत सहयोग उपलब्ध गराउन सक्नुहुनेछ । विदेशमा रहनुहुनेले गोफण्ड मीको यो लिंकमा गएर सहयोग गरौँ, मनिष पराजुलीको जीवन बचाएर पुण्यको काम गरौँ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ