Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअस्ट्रेलियामा जोखिम : भिक्टोरियामा २० वर्षे युवा सहित १४ को मृत्यु, थपिए ३७२ संक्रमित

अस्ट्रेलियामा जोखिम : भिक्टोरियामा २० वर्षे युवा सहित १४ को मृत्यु, थपिए ३७२ संक्रमित


भिक्टोरिया । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा ३ सय ७२ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा एक २० वर्षे युवा सहित १४ जनाले ज्यान गुमाएका छन् । भिक्टोरिया राज्यका सरकार प्रमुख प्रिमियर डेनियल एन्ड्रयुले भर्खरै २० वर्ष नाघेका युवा सहित वितेको २४ घण्टामा १४ जनाले ज्यान गुमाएको र ३ सय ६२ संक्रमित थपिएको जानकारी गराउँदै स्वास्थ्य सवाधानी सहित लकडाउनको नियम पालना गर्न अनुरोध गर्नुभएको छ ।

भिक्टोरिया अस्ट्रेलियामा सबैभन्दा बढी कोरोनाको जोखिम रहेको राज्य हो । बुधबार संक्रमितको संख्या केही घटेर भिक्टोरियावासीले राहतको अनुभुति गरेपनि बिहिबार पुन : करिब ४ सय संक्रमित थपिएसँगै थप जोखिमको आँकलन गरिएको छ । यता, भिक्टोरिया पुलिसले कोरोना रोकथामका लागि लागू गरिएको नियम पालना गराउन कडाई गरेपनि उल्लंघनका घटना बढीरहेका छन् । १८ हजार ४ सय ५ सवारी साधनको जाँच भएको छ भने २ सय ५३ जना लकडाउनको नियम पालना नगर्दा कारबाहीमा परेका छन् । यी मध्ये ४१ जना माक्स नलगाएर, २० जना आफ्नो क्षेत्र बाहिर घुमेर र ४५ जना कर्फ्यु उल्लंघनको कारबाहीमा परेका हुन् ।

माक्स नलगाउनेमाथी २ सय डलर जरिवाना गरिएको छ । प्रहरीले जाँच र कारबाहीलाई तिब्रता दिइरहँदा यसअघि ९ पटक लकडाउनको नियम उल्लंघनको अभियोगमा जरिवाना तिरेका व्यक्ति नै दशौँ पटक समेत कारबाहीमा परेको पाइएपछि स्वास्थ्य सावधानी र लकडाउनको नियम उल्लंघन गर्नेहरुकै कारण जोखिम बढेको आँकलन गर्न थालिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ