Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaवेष्टर्न अष्ट्रेलियाको चुनाव : म्याकग्वान प्रिमियरमा दोहोरिदा लिबरल पार्टीलाई धक्का

वेष्टर्न अष्ट्रेलियाको चुनाव : म्याकग्वान प्रिमियरमा दोहोरिदा लिबरल पार्टीलाई धक्का


ब्रिजबेन, अष्ट्रेलिया । संघीय सरकारको नेतृत्व गरेको लिबरल पार्टी अष्ट्रेलियाको राजनीतिमा कमजोर देखिएको छ । वेष्टर्न अष्ट्रेलियामा केही दिन अघि सम्पन्न चुनावमार्फत लेबर पार्टीका मार्क म्याकग्वानले दोश्रो कार्यकालका लागि प्रिमियरका रुपमा आफूलाई विजयी गराउन सफल हुँदा संघीय सरकारको नेतृत्व गरेको लिबरल पार्टीलाई भने यहाँको चुनाव नराम्रो धक्का बनेको हो ।

लिबरल २ सिटमा सिमित हुँदा नेशनल अष्ट्रेलिया पार्टी दोश्रो बनेको छ । लिबरल पार्टीकै ईतिहासमा ८८ वर्षपछि चुनावको नेतृत्व गरेका नेता जाक किरकुपले समेत पराजय व्यहोरेका छन् । वेष्टर्न अष्ट्रेलियाको चुनावी नतिजाको जिम्मेवारी किरकुपले लिदैगर्दा पार्टीका पूर्वनेता माईक नहानले प्रिमियर म्याकग्वानले आसाधारण काम गरेको दाबीसहित आफ्ना सहकर्मीहरुलाई म्याकग्वानबाट पाठ सिक्न सुझाब दिएका छन् ।

प्रिमियर म्याकग्वानले जिन्दगीमा पहिलो पटक लेबर पार्टीलाई भोट दिनेहरुलाई धन्यवाद दिनुभएको छ । चुनावी नतिजा सम्मान भएको धारणा राख्दै उहाँले वेष्टर्न अष्ट्रेलियाका सबै जनताको लागि प्रतिबद्ध भएर काम गर्ने बताउनुभएको थियो ।  कोभिड १९ कोरोना भाईरस महामारीको बेला आफ्ना नागरिकको स्वास्थ्य, सुरक्षामा दिएको चासो, प्रिमियरका रुपमा गरेका काम र राज्यले अवलम्बन गरेको नीतिलाई राज्यका सबै नागरिकले रुचाएको चुनाव मार्फत प्रष्ट भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ