Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोना अपडेट : ३७ जिल्लाका ४ सय बढीमा संक्रमण, २ को मृत्यु

नेपालमा कोरोना अपडेट : ३७ जिल्लाका ४ सय बढीमा संक्रमण, २ को मृत्यु


काठमाडौं । मंलबार २७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ । थपिएकामध्ये तीन जना काठमाडौं र एक एक जना भक्तपुर र ललितपुरका हुन् ।

झापाका ९ जना, कपिलवुस्तका चार, मोरङ र सुनसरीका एक एक जना, सर्लाहीका २ जना, मकवानपुर, रामेछाप, सिन्धुली, लमजुङ र नवलपरासीका एक एक जनामा कोरोना पुष्टि भएको र का एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेर समुहका छन् ।

नेपालमा यस्तो छ, कोरोनाको अवस्था

प्रदेश नम्बर एकका मोरङ, सुनसरी, झापा, उदयपुर, भोजपुर र खोटाङमा संक्रमित पहिचानहुँदा संक्रमितको संख्या ५४ पुगेको छ । प्रदेश नम्बर दुईका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरीमा संक्रमितको संख्या १ सय ३५ पुग्दा बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, चितवन, मकवानपुर, सिन्धुली र रामेछापमा संक्रमण पहिचान हुनेको संख्या २७ छ । गण्डकी प्रदेशका बागलुङ, लमजुङ र नवलपुरमा संक्रमित पहिचान भएर जम्मा संख्या ४ पुगेको छ ।

प्रदेश नम्बर पाँचका कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया दाङ, गुल्मी र नवलपरासीमा संक्रमित पहिचान हुँदा संक्रमितको संख्या १ सय ७६ छ । सुदुरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा संक्रमण, कोरोना संक्रमितको संख्या ५ छ । कर्णाली प्रदेशको दैलेखमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सात प्रदेशका ३६ जिल्लामा विस्तार भएको कोरोनाले देशभर त्रासदी बढाएको छ । अहिलेसम्म पहिचान नहुँदै दुई कोरोना संक्रमितको मृत्यु भएको घटनाले थप जोखिम बढ्ने आँकलन गरिदैछ । अहिलेसम्म उपचारपछि ३७ जना निको भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ