Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News६४ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा, महामारीले नेपालको स्वास्थ्यसेवा प्रभावित हुने चिन्ता

६४ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा, महामारीले नेपालको स्वास्थ्यसेवा प्रभावित हुने चिन्ता


काठमाडौं । सक्रिय संक्रमितको संख्या ६ हजार ३३० रहेको ६४ जनाको अवस्था गम्भीर छ । मन्त्रालयले दिएको जानकारी अनुसार ६१ जनाको आईसीयू र ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । सबैभन्दा बढी बाग्मती प्रदेशमा २६ जना आईसीयू र ३ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा ३२, प्रदेश ५ मा २ र प्रदेश १ मा १ जना आईसीयूमा उपचाररत छन् । नेपालमा यहि अनुपातमा कोभिड–१९ का जटिल बिरामी बढ्दै गए उपलब्ध भेन्टिलेटर र आईसीयू शय्याले नधान्ने देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाका गम्भीर बिरामीको उपचारका लागि निजी र सरकारीमा गरी ९ सय भेन्टिलेटर र १ हजार ७ सय २ आईसीयू शय्या मात्र उपलब्ध छन् । स्वास्थ्य क्षेत्रका विज्ञहरूले नै संक्रमितको संख्या बढिरहेकाले थप आईसीयू र भेन्टिलेटर चाहिनेतर्फ सरकारलाई सचेत गराइरहँदा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आवश्यकताअनुसार क्रमिक रूपमा आईसीयू र भेन्टिलेटर थप्ने प्रक्रिया अघि बढेको दाबी गरे । आईसीयू र भेन्टिलेटरमा राख्ने अवस्था नआओस् भनेर रोकथाममै बढी जोड दिएको उनको दाबी थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले आईसीयूमा जाने बिरामीको बढ्दो संख्याले चिन्ता बढाएको बताए । आईसीयू र भेन्टिलेटरको उपचार प्रक्रिया सहजै थेग्न नसकिने भएकाले कोरोना संक्रमणको विस्तार रोक्न थप कडा पाइला चाल्नु पर्ने भन्दै जनस्वास्थ्यविद र सरुवा रोग विशेषज्ञहरुले सरकारलाई बारम्बार सचेत गराउँदै आएका छन् ।

कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको नेपालमा यसैको संक्रमणबाट ७३ जनाको मृत्यु भएको छ । कोरोना जित्नेहरुको संख्या १५ हजार ८१४ पुग्दा काठमाडौं उपत्यका, पर्सा, सप्तरी, मोरङ, बाँके लगायतका जनघनत्व बढी भएको जिल्लामा समुदायमा महामारी फैलिदा उच्च जोखिम देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ