Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअस्पतालको खोजीमै ज्यान गुमाउनुपर्ने अवस्था, कोरोनाबाट प्रभावित नेपालको उपचार सेवा

अस्पतालको खोजीमै ज्यान गुमाउनुपर्ने अवस्था, कोरोनाबाट प्रभावित नेपालको उपचार सेवा


काठमाडौं पर्सा । वीरगञ्जमा उपचारका लागि अस्पतालको खोजीमा भौतारिदा भौतारिदै शनिबार एक विरामीको मृत्यु भयो । वीरगञ्ज २ छपकैया बस्ने २० वर्षीया विष्णु लामाको मृत्यु उपचारको खोजीमा अस्पताल चाहार्दा चाहार्दा कतै भर्ना नपाएर भएको हो । ज्याला मजदुरी गर्ने उनी ४ वर्षकी छोरीसहित वीरगञ्ज बस्दै आएकी थिइन् ।

शुक्रबारी राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल गएकी उनले नारायणीसहित वीरगञ्जका अधिकांश निजी अस्पताल चाहारिन । कुनैले पनि भर्ना नलिएपछि कोरोना विशेष अस्पताल, गण्डक पुगेकी उनको उपचार सुरु गर्दागर्दै शनिबार बिहान २ बजेतिर निधन भयो । मृत्युपछि उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठाईएको छ ।

यो प्रतिनिधि उदाहरण मात्रै होइन्, वीरगञ्जका अस्पतालहरुले कोभिडको आशंकामा उपचार नगरी सिरियस केस गण्डकमा पठाउने क्रम बढेको छ । शुक्रबार पनि नेशनल मेडिकलले भर्ना गर्न नमानेपछि गण्डक ल्याइएका वीरगञ्ज ३ छपकैयाका एक वृद्धको उपचारको क्रममा मृत्यु भयो । शुक्रबार बेलुका उनमा कोभिड संक्रमण रहेको पुष्टि भएको थियो । कोरोना महामारी शुरु भएपछि विरामी बोक्न वीरगञ्जमा एम्बुलेन्स पाउन छाडिएको छ ।

यसअघि पनि अस्पताल डुलाउँदा डुलाउँदै, भर्ना गर्न नमानेर वीरगञ्जमा धेरै विरामीको मृत्यु भएको छ । यो समस्या काठमडौं उपत्यका सहित देशका धेरै सहरमा समेत छ । २४ घण्टे सेवा लेखेर बोर्ड लगाउने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीले आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री लगाएर उपचार गर्नुपर्नेमा गेटबाटै विरामी फर्काउने गर्छन । सामान्य अवस्थामा जस्तोसुकै विरामी भर्ना गरेर चर्को पैसा असुल्ने निजी अस्पतालले महामारीमा शंकास्पद कोरोना देखिने वित्तिकै भर्ना नगर्दा बढिरहेको अकाल मृत्यु बारे सरकार खासै गम्भिर देखिएको छैन ।

२४ अ‍ैं घण्टा सेवाको बोर्ड टाँगेर अप्ठेरो स्थितिमा सेवा नदिने अस्पताललाई कारबाही गर्ने कि ठग्न छुट दिएर पुरस्कृत गर्ने ? अहिले आम सर्वसाधारणले सरकारसँग यस्तै प्रश्न गरिरहेका छन् । महामारीको बेला ढोका बन्द गर्ने अस्पतालहरुलाई कारबाही गर्नुपर्ने आवाज उठ्दा समेत सरकारको मौनता गम्भिर छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ