Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsउद्धार उडानको निरन्तरता, आइतबार एक हजार नेपाली स्वदेश फर्किए

उद्धार उडानको निरन्तरता, आइतबार एक हजार नेपाली स्वदेश फर्किए


काठमाडौं । कोरोना महामारीका कारण विदेशका विभिन्न स्थानमा अड्किएका नेपालीको उद्दारको क्रम अहिले पनि जारी रहेको छ । सोहीक्रममा आइतबार मात्र १ हजार नेपाली स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आइतबार नेपाल एयरलाइन्सले दुबईबाट १ बच्चासहित १ सय २६ जना, नेपाल एयरलनाइन्सकै अर्को जहाजले साउदीको जेहादबाट २६१ जनालाई काठमाडौं ल्याएको हो । हिमालय एयरलाइन्सको जहाजले दोहाबाट १५५ र क्वालालाम्पुरबाट १५६ जनालाई काठमाडौं ल्याएको छ । दुबईबाट फ्लाइ दुबईले १ सय ६२ र इत्तिहाद एयरवेजले अवुधावीबाट १ सय ४० जनालाई आज काठमाडौंमा अवतरण गराएको छ ।

आइतबार राति नेपाल एयरलाइन्सको जहाज दुबई र हिमालयका दुई जहाज दोहा र क्वालालाम्पुर प्रस्थान उडेका छन् । यी जहाज सोमबार काठमाडौं आउनेछन् । आइतबार नै हिमालय एयरलाइन्स कुनमिङबाट कार्गो ल्याएर काठमाडौं आएको छ । सोमबार नेपाल एयरलाइन्स र हिमालयबाहेक फ्लाइ दुबई र श्रीलंकन एयरलाइन्स काठमाडौं आउने तालीका रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

आन्तरिक उडान
आन्तरिकतर्फ आइतबार तारा एयरको जहाज कार्गो बोकेर लुक्ला उडेको छ । मनाङको हेली धरान गएको छ । ११ जना यात्रु बोकेर सीता एयर सिमिकोट उडेको थियो । २ यात्रु बोकेर एयर डाइनेस्टीको हेली म्याग्दी उडेको छ । समीट एयरले नेपालगन्जबाट ५ जना यात्रुलाई काठमाडौं ल्याएको छ भने कैलास हेली रामेछाप उडेको विमानस्थलको तथ्यांकमा उल्लेख छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ