Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौं उपत्यका प्रवेशमा कडाई, सवारी पास बन्द

काठमाडौं उपत्यका प्रवेशमा कडाई, सवारी पास बन्द


काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारीसाधनका लागि जारी गर्दै आएको पास र काठमाडौँ भित्रिने सवारीका लागि सवारी पास स्वीकृति बन्द गरेको छ । गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै बिहीबारदेखि लागु हुनेगरी हाल जारी हुँदै आएका सवारी पास बन्द गर्न निर्देशन दिए अनुसार नै पास बन्द गरिएको हो ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयबाट प्राप्त पत्र बमोजिम काठमाडौँ उपत्यका बाहिर जाने सवारी साधनका लागि वितरण गर्दै आएको पास अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरिएको जनाएको छ । उपत्यका बाहिरबाट आउने सवारीका लागि दिँदै आएको स्वीकृति पनि बन्द गरिएको छ । पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावत रोक्ने निर्णय गरेको थियो ।

गृह मन्त्रालयले लकडाउनपछि हालसम्म अनुमति बिना काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार यात्रु र साढे सात हजारभन्दा बढी सवारीसाधनलाई प्रवेश नाकाबाट फिर्ता पठाएको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिम घटाउन विभिन्न नाकाबाट उपत्यका प्रदेश गर्न खोज्ने १९ हजार ४ सय ८३ जना यात्रु र ७ हजार ६ सय ३५ वटा सवारीसाधन फिर्ता पठाइएको जानकारी गराएको छ । संक्रमण बढी भएका जिल्ला तथा शहरबाट काठमाडौं भित्रिनेहरुका कारण कोरोनाको जोखिम बढेको आँकलन गरिदैगर्दा पास रद्ध गरेर उपत्यका भित्रिनेहरुमा कडाई गर्न खोजिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ