Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअभिनेता राजेश हमालले गरे ६ सय जना चलचित्र प्राविधिकको कोरोना बीमा गरिदिने प्रतिबद्धता

अभिनेता राजेश हमालले गरे ६ सय जना चलचित्र प्राविधिकको कोरोना बीमा गरिदिने प्रतिबद्धता


काठमाडौं । अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सय जना प्राविधिकको कोरोना बीमा गरिदिने प्रतिबद्धता जनाएका छन् । प्राविधिक संघका पदाधिकारीहरुसँगको भेटका क्रममा अभिनेता हमालले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले अभिनेता हमालले कोरोना बीमाका लागि प्राविधिकहरुको नामावली लिएर आउन आग्रह गरेको जानकारी दिए ।हमालले आर्थिक अवस्था कमजोर रहेका सय जना प्राविधिकलाई ५ हजारको दरले आर्थिक सहयोग गर्ने आश्वासन समेत दिएको उपाध्यक्ष लामाले बताए । संघले नै गरेको प्रस्ताव स्विकार गर्दै अभिनेता हमालले निषेधाज्ञाभन्दा अगाडि सय जना प्राविधिकलाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । पछि फेरि विमा समेत आफैले गरिदिने बचन दिएका हुन् ।

केही दिनमा प्राविधिक संघको पदाधिकारीको बैठकले सर्वसम्मत रुपमा ६ सय जना प्राविधिकको नामावली कोरोना बीमाका लागि राजेश हमाललाई पठाउने गरि तयारी थालिएको छ । कोरोनाका कारण ५ महिनायता चलचित्र सम्बन्धि कुनै कार्य नहुँदा हजारौं प्राविधिकहरुको रोजीरोटी गुमेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ