प्रधानमन्त्री शाहलाई भारतको औपचारिक भ्रमण निम्तो
नेपालट्युब

भारतले नेपालका प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि औपचारिक निम्तो दिएको जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले साप्ताहिक पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निमन्त्रणा दिइएको पुष्टि गरेका हुन्।
प्रवक्ता जयसवालका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमण दुवै देशको आपसी सहमतिअनुसार उपयुक्त समयमा हुनेछ। भ्रमणको मिति भने अझै तय भइसकेको छैन।
प्रधानमन्त्री शाहले यसअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा स्वीकार गरिसकेको जानकारी नेपालका परराष्ट्रमन्त्रीले दिएका थिए। प्रस्तावित भ्रमण प्रधानमन्त्री बनेपछि शाहको भारतको पहिलो औपचारिक भ्रमण हुनेछ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







