बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर-७२-६०० विमान

काठमाडौं/ बुद्ध एयरले नयाँ एटीआर-७२-६०० विमान भित्र्याएको छ।
कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि व्यावसायिक उडान गर्ने जनाएको छ।
९ एन-एओएस विमान फ्रान्सको तुलुसबाट ल्याइएको हो।
विमानमा आधुनिक एभियोनिक्स, ग्लास ककपिट, डिजिटल फ्लाइट म्यानेजमेन्ट तथा आरएनपी-एआर प्रणाली जडान गरिएको छ। जसले कम भिजिबिलिटीमा पनि सुरक्षित उडान र अवतरण गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।
बुद्ध एयरले आगामी अगस्टको अन्त्यतिर अर्को पनि एटीआर-७२-६०० विमान पनि भित्र्याउने योजना रहेको जनाएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







