Sunday, 14 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बढ्दै कोरोनाको शहर केन्द्रित जोखिम, थपिए ३ हजार ५१७ संक्रमित

नेपालमा बढ्दै कोरोनाको शहर केन्द्रित जोखिम, थपिए ३ हजार ५१७ संक्रमित


काठमाडौं । छिल्लो २४ घन्टामा ३ हजार ५ सय १७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

काठमाडौंमा १५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय २९ जना गरी १८ सय ८८ जनामा कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १० हजार ५ सय १ जना, भक्तपुरमा १७ सय १९ जना र ललितपुरमा २ हजार १ सय ६५ जना होम आइसोलेसनमा छन् । देशभर सक्रिय संक्रमित ३८ हजार ३ सय ५७ जना रहेका छन भने २ हजार ६ सय ६६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ९६ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेहरुको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ८९ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ