Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंसद विघटनविरुद्धको मुद्धामा इजलासलाई सहयोग गर्ने एमिकस क्युरी चयन

संसद विघटनविरुद्धको मुद्धामा इजलासलाई सहयोग गर्ने एमिकस क्युरी चयन


काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासलाई सहयोग गर्न चार जना एमिकस क्युरी (अदालतको साथी) को नाम चयन भएको छ । मंगलबार नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले दुई\दुई जना वरिष्ठ अधिवक्ताको एमिकस क्युरी चयन गरेको हो ।

नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीको रुपमा चयन गरेको छ । वैद्य पूर्व महान्यायाधिवक्ता हुन् भने पाठक नेपाल बारको पूर्व उपाध्यक्ष हुन् । यस्तै, सर्वोच्च अदालत बार एशोसिएसनले पनि मंगलबार नै दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीको रुपमा मनोनयन गरेको छ । वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन भएका छन् ।

जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको दोश्रो पटकको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट २\२ जना एमिकस क्युरी माग गरेको छ ।

कुनै गम्भीर मुद्दामा अदालतले राय आवश्यक पर्ने ठानेमा एमिकस क्युरी माग गर्ने प्रचलन रहेको छ । असार ९ बाट संसद विघटनबिरुद्धको रिट उपर संबैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ