Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबेलायतले नेपालबाट १० हजार नर्स लैजादै,कहिले होला सम्झौता ?

बेलायतले नेपालबाट १० हजार नर्स लैजादै,कहिले होला सम्झौता ?


काठमाडौं । नेपाल सरकारले बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारीलाई तिब्रता दिएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारि तबरबाटै १० हजार स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जानकारी दिएको हो ।

मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारीमा जुटेको जानकारी दिनुभयो । सचिव गौंतमले नेपाल ट्युबसंग भन्नुभयो ‘हामी कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं। यसमा छिट्टै नै काम हुन्छ,’ ।

श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले समेत मन्त्रालयले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको बताउनुभएको छ । बेलायत जस्ता अरु सुरक्षित गन्तव्यको खोजी गरिरहेकाे जानकारी दिदै मन्त्री श्रेष्ठले नेपाली श्रमिकको हकहित सुरक्षित हुनेगरी त्यस्ता मुलुकमा सरकारी तवरबाटै श्रम सम्झौता गरेर श्रमिक पठाइने जानकारि दिनुभयो । सम्झौता भइसकेका मुलुकहरुमा पनि नेपाली श्रमिकको हकहित हेरेर पुनरावलोकन गरिने मन्त्री श्रेष्ठले बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ