Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपोर्चुगल पठाइदिन्छु भनेर ठगी गर्ने २ जना पक्राउ, विदेश हिडेका युवाको बिचल्नी !

पोर्चुगल पठाइदिन्छु भनेर ठगी गर्ने २ जना पक्राउ, विदेश हिडेका युवाको बिचल्नी !


काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी ठूलो रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । ठगीको अभियोगमा काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालीका सञ्चालक र व्यवस्थापक गरी २ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडौँ मैतिदेवी बस्ने वाग्लुङ गल्कोट नगरपालिका ६ घर भएका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक ललितपुर महानगरपालिका २९ हरिसिद्धी बस्ने सर्लाही बागमती नगरपालिका १ घर भएका २४ वर्षीय समिर कार्की रहेका छन् ।
वर्किङ भिसामा पोर्चुगल जान प्रति व्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाईदिन्छु, मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ भनी प्रलोभनमा पारी ६० जना बढीलाई ठगी गरेको भन्दै प्रहरीमा दिनहुँ उजूरी दिनेहरु बढिरहेका छन् ।

पीडितहरूबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रुपैयाँ लिई ठगी गरेको पाइएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ । उजूरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले के कसरी ठगी भयो ? कति जनाको संलग्नतामा के कति व्यक्तिमाथी ठगि भएको छ भन्ने खोजबिन अब काठमाडौं परिसरबाट हुनेछ ।

घरबाट पोचुगल जान बिदावारी भएर आएका र काठमाडौं आएपछि ठगीमा परेको भन्दै प्रहरीकोमा उजूरी बोकेर पुगेका थिए । उजूरी आउने क्रम बढिरहेका कारण धेरै जना ठगिएको हुनसक्ने आँकलन प्रहरीले गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ