Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यू साउथ वेल्समा बाढीको जोखिम, तीन वेशक्याम्पमा हेलिकप्टर स्ट्यान्डबाइ !

न्यू साउथ वेल्समा बाढीको जोखिम, तीन वेशक्याम्पमा हेलिकप्टर स्ट्यान्डबाइ !


ब्रिजबेन । न्यू साउथ वेल्स राज्य वरपरका तीन वटा क्षेत्रमा बाढीको उच्च जोखिम आँकलन गर्दै अष्ट्रेलियन डिफेन्स फोर्स (एडीएफ) लाई बाढी उद्धारको तयारीमा राखिएको छ । न्यू साउथ वेल्सका आपतकालीन सेवा मन्त्री स्टेफ कुकले गएराती सामाजिक सञ्जाल मार्फत राज्य आपतकालीन सेवा (एसईएस) ले एडीएफलाई सहायताको लागि अनुरोध गरेको जानकारि गराउनुभएको हो ।

ग्रेटर सिड्नी, हन्टर क्षेत्र र मध्य पश्चिममा उच्च जोखिम रहेको भन्दै तीन रक्षा हेलिकप्टरहरू आज रातीदेखि स्ट्यान्डबाइ राखिएको छ । विशेष गरी राती उद्धार गर्ने क्षमता भएको विमानसँगै एडीएफलाई तयारी हालतमा राखिएको बताइएको छ । एडीएफ बाढी उद्धारमा मद्दत गर्न सिड्नी, हन्टर र पार्केसमा उद्धार बेसक्याम्प नै स्थापना गरिएको छ ।

केही बाँधहरू पहिल्यै बाढी आएका आधारमा जोखिममा रहेको र थप नदीहरूमा समेत बाढी फैलिने त्रासदी रहेको भन्दै तयारी तिब्र पारिएको छ । वर्षेनी अन्तरदेशीय बाढीको अनुभव गरिरहेको न्यू साउथ वेल्स भारी वर्षाको पूर्वानुमानसँगै विपद्धको तयारीमा चनाखो बन्ने गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ