Thursday, 16 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा अनलाइनबाट काम खोज्दा ठगिए नेपाली विद्यार्थी , सचेत बनौं

अष्ट्रेलियामा अनलाइनबाट काम खोज्दा ठगिए नेपाली विद्यार्थी , सचेत बनौं


ब्रिजबेन । ५ महिना अघि अष्ट्रेलिया पढ्न आएका एक नेपाली विद्यार्थी अनलाइन कामको खोजीमा लाग्दा ठगिएका छन् । अनलाइनमा राखिएको कामको अफर र टिकटक भिडियोको पछि लाग्दा नेपाली विद्यार्थीको १२ हजार डलर स्क्यामरले ठगेको हो ।

अनलाइनबाट बस्तु तथा सेवाको बिक्री गर्दा घरमै बसेर टन्न कमाउन पाईन्छ भन्दै स्क्यामरले तयार पारेको फेक अकाउन्टबाट लगानी गर्दा ठगिनुपरेको पीडित विद्यार्थीले नेपालट्युबलाई जानकारी दिएका छन् । सुरुवातमा ४० वटा मर्चेन्ट बेच्दा खातामा ४५६ डलर देखाइएपछि पीडित विद्यार्थीले लोभिएर घरबाट फी तिर्न पठाएको ७ हजार र आफूले क्याफेबाट कमाएको ५ हजार लगानी गरेकी थिइन । क्रिप्टोको बाइनान्स अकाउन्ट मार्फत स्क्यामरले लगानी गराएका थिए । पछि खातामा २७ हजार देखिएपनि निकाल्न नमिलेपछि ठगीमा परेको थाहा भएको पीडितले बताउनुभयो ।

स्क्याम वाचको रेकर्ड अनुसार अष्ट्रेलियामा गत वर्ष मात्रै ९ हजार बढीसंग स्क्यामरले ३८ करोड अष्ट्रेलियन डलर बढी ठगि गरेका छन् । छिट्टै धनी बन्ने लोभबाट नठगिन सचेत गराएका अधिकारीहरुले स्क्यामवाचमा उजुरी गर्न आह्वान गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ