Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीको एजकेयरमा काम गर्ने केयर नर्स पक्राउ, कतै तपाईले पनि यस्ता गल्ती त गर्दैहुनुहुन्न ?

सिड्नीको एजकेयरमा काम गर्ने केयर नर्स पक्राउ, कतै तपाईले पनि यस्ता गल्ती त गर्दैहुनुहुन्न ?


ब्रिजबेन । सिड्नीको एउटा एजकेयरमा काम गर्ने केयर नर्स पक्राउ परेका छन् । ७३ वर्षिय बृद्धाको निधन भएपछि उनको एटीम काड चोरी गरेर जथाभावी रुपमा पैसा चोरी गरिएको अभियोगमा २८ वर्षीया युवक पक्राउ परेका हुन ।

सिड्नीको ब्राइटलए क्यानेडी क्षेत्रमा रहेको एजकेयरमा बसोबार गर्ने ७३ वर्षिया बृद्धाको निधन भएपछि आफन्तले एटिम चोरी भएको बारे प्रहरीलाई खबर गरेपछि यो घटना बाहिर आएको थियो । सोही उजूरीका आधारमा स्थानीय प्रहरीले सिड्नीको पञ्चबल क्षेत्रमा रहेको घरबाट मार्च २९ मा युवालाई पक्राउ गरिएको हो । पक्राउ युवालाई स्थानीय अदालतमा पक्राउ गरिएकै दिन पेश गरिएको छ । सुनुवाई अप्रिल १३ तारेखका लागि तोकिएको छ । कानुनी कारबाहीको भागिदार बनेका केयर नर्स नेपाली मुलका भने नभएको बताइएको छ ।

यो र यस्ता घटना धेरैका लागि सिकाई बन्नसक्छन् । अहिले पनि थुप्रै नेपाली एजकेयरमा कार्यरत हुनुहुन्छ । एजकेयरमा बृद्धबृद्धाको स्याहारसुसारको काम गर्ने तमाई हामी जो कोही भएपनि अन्य पेशा भन्दा बढी नै संवेदनशिल बन्नुपर्छ । बृद्धबृद्धामाथी चर्को स्वरमा बोल्ने, कुटपीट गर्ने र उनीहरुको सरसामान एटिम चोरी गर्ने काम गरेर कानुनी कारबाहीको भागिदार नबन्नुहोस् । यो र विगतमा बृद्धाबृद्धा कुटेको अभियोगमा नेपाली नर्सले भोग्नुपरेको कारबाही सबैका लागि सिकाई बनोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ