Friday, 17 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभाईरल टिकटकर प्रभातको फेरि थपियो म्याद, प्रहरी हिरासतबाट छुट्ने सम्भावना कति ?

भाईरल टिकटकर प्रभातको फेरि थपियो म्याद, प्रहरी हिरासतबाट छुट्ने सम्भावना कति ?


काठमाडौं । आफ्नै पे्रमिकाले शरिर बन्धक तथा बलात्कारको उजुरी दिएसँगै पक्राउ परेका भाईरल टिकटकर प्रभात बस्याललाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद प्रहरीले पाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख मदन कुबरले गत शुक्रबार नै जिल्ला अदालतमार्फत थप १० दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रियालाई जारी राखिएको जानकारि दिनुभएको हो ।

युवतीका परिवारले अन्तरजातिय प्रेम छुटाउन प्रहरीमा उजूरी दिएको चर्चा चलिरहेपनि पीडित युवती आफै आएर उजूरी दिएपछि जेठ ७ मा प्रभातलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख कुँबरले नेपालट्युबलाई जानकारि दिनुभयो । जेठ ७ मा पहिलो पटक ५ दिनको र म्यादसकिएपछि जेठ १२ पछि थप ७ दिनको अदालती म्याद लिएको प्रहरीले शुक्रबार मात्रै थप १० दिनको अनुसन्धान म्याद पाएको छ । यसपछि अदालतमा मुद्धा लैजाने योजनामा म्याग्दी प्रहरी रहेको छ ।अन्तरजातिय प्रेम, बिवाह र पारिवारिक बेमलका कारण प्रहरीसम्म उजूरी आईपुगेको भन्दै बाहिर टिकाटिप्पणी भैरहेको छ । प्रभातकालागि न्याय चाहियो भन्दै उनका समर्थकहरुले म्याग्दी र बाग्लुङ क्षेत्रमा आन्दोलन समेत गर्दैआएका छन् ।

प्रहरी हिरासतमा रहेका बस्यालमाथी लागेको आरोपको आवश्यक अनुसन्धानपछि प्रहरीले यो मुद्धालाई अदालतमा पुर्याएपछि मात्रै कानुनी रुपमा किनारा लाग्नेछ । बाग्लुङका प्रभात जातिय विभेदका कारण उजूरीसँगै पक्राउको शिकार भएको भन्दै बिनासर्त रिहा गरेर न्याय दिननुपर्ने पक्षमा समेत दबाब बढाइएको छ । एक ब्राह्मण युवतीसँगको प्रेममा रहेका बस्याललाई युवतीको परिवारले स्विकार नगरेपछि दुबैजना भागेर करिब दुई वर्ष भारत बसेको बस्यालका आफन्तले बताएका छन् । पछि प्रेम र विबाह स्विकार्ने भन्दै नेपाल बोलाएर जातकै कारण अपहरण र बलात्कारको निवेदन प्रहरीमा दर्ता गराइएको प्रभात पक्षकाको आरोप छ ।

कानुनले जातिय रुपमा बिभेद गर्न नपाउने व्यवस्था गरेपनि अन्तरजातिपय प्रेम र बिबाहका कारण नेपाली समाजमा बारम्बार यस्ता उजूरी र हिंसा भड्किनेसम्मका गतिबिधि हुनेगरेका छन् । प्रभात पक्राउको घटनाले तीनवर्षअघि मात्रै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातिय प्रेमलाई बिबाहमा परिणत गर्न खोज्दा गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहित उनका ६ जना साथीको हत्या भएको विषयले समेत अहिले बहसमा आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ