Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा तीन महिनादेखी ब्याजदर स्थिर, लाखौँ ऋणीलाई राहत !

अष्ट्रेलियामा तीन महिनादेखी ब्याजदर स्थिर, लाखौँ ऋणीलाई राहत !


ब्रिजबेन । रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबीए) ले यो महिनामा ब्याजदर नबढाउने निर्णय गरेसँगै लाखौँ अष्ट्रेलियन ऋणीहरुले राहत पाएका छन् । लगातार जस्तैगरि १२ पटक बढाइएको ब्याजदर पछिल्लो तीन महिना स्थिर राखिएपछि लाखौँ ऋणीहरु लाभान्वित भएका हुन ।

रिजर्भ बैंकको मार्टिन प्लेस मुख्यालयमा सेप्टेम्बर ५ मा बसेको आरबीए बोर्ड बैठकले ब्याजदर ४.१ प्रतिशतमै राख्ने निर्णय गरेको थियो । ट्रेजरले गभर्नर फिलिप लोवेको सात वर्षे कार्यकाल नबढाउने निर्णय गरेपछि ल्याइएको यो नै कार्यकालको अन्तिम मौद्रिक नीतिको निर्णय हो । आफ्नो अधिकांश करियरका लागि प्रसिद्ध नभएका लोव कोभिड १९ को समयमा केही लोकप्रिय बन्नुभएको थियो । पछि विवादास्पद बन्नुभएको थियो ।

लोवे र आरबीएले अर्थतन्त्रलाई बढावा दिनको लागि सुरुवातमा ब्याज दरलाई ० दशमलब १ प्रतिशत मा घटाएपनि त्यसपछिका महिनाहरूदेखि अहिलेसम्म १२ पटक ब्याजदर बढिसकेको छ। पछिल्ला ३ महिना भने मौद्रिक नीतिमा केही परिवर्तन हुँदा ब्याजदरको स्थिर राखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ