Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमानव बेचविखन गर्ने गिरोहका नाइके गौतम प्रहरी फन्दामा, यस्तो थियो अपराध श्रृङ्खला !

मानव बेचविखन गर्ने गिरोहका नाइके गौतम प्रहरी फन्दामा, यस्तो थियो अपराध श्रृङ्खला !


काठमाडौं । अमेरिका पठाइदिने भन्दै मानव बेचविखन गर्ने गिरोहका नाइके प्रहरीको फन्दामा परेका छन् । अमेरिकामा बसेर वर्षौँदेखि नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएको अभियोग लागेका नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले गौतम गएको बुधवार रुपन्देहीबाट पक्राउ परेको जानकारि दिएको छ । प्रहरीका अनुसार गौतमको समूहले २ करोडभन्दा बढी ठगी गरेको छ। यो गिरोहले नेपाली नागरिकहरुलाई यूएई, थाइल्यान्ड, फिलीपिन्स, सिङ्गापुर, हङकङलगायत देशहरुमा पुर्याएर राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एजेन्टले भने जति पैसा नदिएमा शारीरिक, मानसिक यातना दिने, विदेशमा रहेका एजेन्टहरुलाई बेचविखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी अलपत्र पार्ने काम हुँदैआएको थियो । प्रहरीमा आएको गुनासो र उजूरीका आधारमा ६ जना पीडित मध्ये ४ जनाको उद्धार भइसकेको छ।

पक्राउ गरिएका गौतमले अहिलेलसम्म २ सय नेपाली नागरिकहरुलाई अमेरिका पठाइसकेको बयान प्रहरीलाई दिएका छन् । प्रहरीले गौतमसहित उनको गिरोहमाथी मानव बेचविखन, ओसारपसार तथा सङ्गठित अपराध शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेकोछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ