Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsराष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष पक्राउ प्रकरण, यस्तो हुनसक्छ कारबाही !

राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष पक्राउ प्रकरण, यस्तो हुनसक्छ कारबाही !


काठमाडौं । नक्कली प्रमाणपत्र बनाएको आरोपमा राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ पर्नुभएको छ । स्नातक तहको ट्रान्सक्रिप्ट र माइग्रेसन लगायतका नक्कली कागजात बनाएको उजुरी परेपछि गरिएको छानबिनमा अभियोग पुष्टि हुने आधार भेटिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

प्रहरी अनुसन्धानका क्रममा महान अभियान नामक पत्रिका दर्ता गर्नका लागि सूचना विभागमा पेश गरेको प्रमाण पत्र नक्कली रहेको पुष्टि भैसकेको बताइएको छ । पशुपति क्याम्पस चाबहिलबाट स्नातक तह उत्तीर्ण गरेको भन्दै सूचना विभागमा गहतराजले पेश गरेको प्रमाण पत्र त्रिभुवन विश्व विद्यालयको परीक्षा नियन्त्रण कार्यालयले समेत नक्कली रहेको पुष्टि गरेको प्रहरीको दाबी रहेको छ ।

पक्राउ परेका गहतराजमाथि थप छानबिन भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको हिरासतमा रहेका गहतराजमाथी आवश्यक छानवीन गरेर सरकारी कागजात किर्तेको मुद्दा अदालतमा पुग्नेछ । अदालतबाटै यो अभियोगको न्यायीक किनारा लाग्नेछ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा कारबाही हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ