Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसरकारी जग्गा हडप्नेमाथी सीआईबीको एक्सन, डलर अर्बपती चौधरीका भाईसहित ३ जना पक्राउ !

सरकारी जग्गा हडप्नेमाथी सीआईबीको एक्सन, डलर अर्बपती चौधरीका भाईसहित ३ जना पक्राउ !


काठमाडौं । काठमाडौंस्थित बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा नेपालका एकमात्र डलर अर्बपती बिनोद चौधरीका भाईसहित तीन जना पक्राउ परेका छन् । व्यापारी अरुण चौधरी, कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र आम्रपाली कन्ट्रक्शनका सञ्चालक समेत रहेका सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौ पक्राउ गरेका मध्ये चौधरी र थापालाई काठमाडौं जिल्ला अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ठाकुरलाई शुक्रबार अदालतमा उपस्थित गराईने भएको छ । चौधरी अर्बपति व्यापारी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन् । चौधरी र थापाले २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउन थालेको र अहिलेसम्म १० रोपनी जग्गा हडपेको तीन महिने अनुसन्धान पछि सीआईबीले पक्राउको चरण सुरु गरेको बताइएको छ ।

यही प्रकरणमा १५ महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको थियो । तर अख्तियारको अनुसन्धान अघि नबढेपछि सीआईबीले पनि यो विषयमा अनुसन्धान अघि बढाएको थियो । यो जग्गाको भाउ अहिले एक अर्ब रुपैयाँभन्दा धेरै छ । अहिलेसम्मको सीआईबीको अध्ययन अनुसन्धानबाट गैरकानुनी तरिकाले चौधरी समूहले सरकारी जग्गा हडपेको देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ