रास्वपा नेताहरु दुईदिने क्लोज क्याम्पमा, के सिकाउदैछन पार्टी सभापति रविले ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको दुईदिने बन्द कार्यशाला आजबाट सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहिनदेखी सुरु कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेको र यो शनिबार साँझसम्म चल्ने बताइएको छ ।
गत साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने र अभियानमा परिचालन गर्ने उद्देश्यले सघन प्रशिक्षण दिन कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गर्ने निर्णय गरे अनुसार नेताहरु कार्यशालामा सहभागि भएका हुन । आज बिहान ७ बजेदेखि नै कार्यशाला सुरु भएको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार कार्यशालामा विचार, संगठन, मूल्य–मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुनेछ ।
कार्यशाला शनिबार समेत बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म चल्ने बताइएको छ । पार्टी अभियान, संगठन र नेतृत्वको कार्यशैली, नेताहरुले खेल्नुपर्ने भुमिका लगायतमा प्रशिक्षण दिइने यो क्लोज क्याम्पले पार्टीलाई टिमवर्कमा अघि बढाउने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया