एनआरएनएले बनाइदियो काठमाडौं उपत्यका ट्राफिक भवन
काठमाडौं । गैरआवासीय नेपाली संघले जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको काठमाडौं उपत्यका ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माण गरेर हस्तान्तरण गरेको छ ।
अक्टोवर २८ तारिख मंगलबार करिव८० लाखको लागतमा निर्माण गरिएको भवन हस्तान्तरण गरिएको हो । NRNA विपद व्यवस्थापन समितिका संयोजक मनोज कुमार श्रेष्ठ, सहसंयोजक रश्मी थापा, सदस्य सचिव धर्मराज गिरी लगायत आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण कार्यसमितिका पदाधिकारीलाई धन्यवाद दिनुभएको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अध्यक्ष महेश कुमार श्रेष्ठले एक कार्यक्रमका बीच भवन हस्तान्तरण गर्नुभयो ।
















तपाईको प्रतिक्रिया