Thursday, 27 November 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

कति दलले चुनावमा भाग लेलान त ?


काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन रहेको छ । मंसिरमा १ निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलेपछि मंगलबार (हिजोसम्म) ८० वटा दल निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका छन् ।

आजसम्म निर्वाचन आयोगमा दर्ता हुने दलले आगामी फागुन २१ मा हुने चुनावमा भाग लिन पाउँछन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचन आयोगले बनाएको तालिकामा आगामी माघ ६ मा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नुपर्नेछ । सोही दिन बेलुका उम्मेदवारको सूची प्रकाशन हुने तालिका छ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी माघ ७ सम्म दिन पाइन्छ । माघ ८ मा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय निर्वाचन आयोगले गरेर पुन: उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। माघ ९ मा उम्मेदवारको नाम फिर्ता लिन अन्तिम समय रहेकाले यसपछि अन्तिम नामावली प्रकाशन हुनेछ र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगको चुनावी तालिका रहेको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ