सुदूरपश्चिम रोएल्स एनपीएल सिजन- २ को फाइनलमा
एनपीएल सिजन- २ को पहिलो क्वालिफायरमा विराटनगर कींग्सलाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम रोएल्स फाइनलमा पुगेको छ । सुदूरपश्चिम रोयल्सले दिएको १५६ रनको टार्गेट पछ्याएको विराटनगर किङ्स १४.१ ओभरमै ७८ रन बनाएर अलआउट भएको हो ।
लिग चरणको अन्तिम खेलमा विराटनगरले विष्फोटक ब्याटिङ गर्दै १४८ रनको लक्ष्य १२ ओभर भित्रै पूरा गरेको बदला तीन दिनपछिको खेलमा सुदुरपश्चिमले लिएको छ । अब सुदूरपश्चिमले उपाधिका लागि क्वालिफायर २ को विजेतासँग खेल्नेछ। सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। विराटनगरले भने लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबीचको इलिमिनेटरको विजेतासँग खेल्नेछ। Photo-Npl
















तपाईको प्रतिक्रिया