पोख्रेली सिसा कलम : पढेर फ्याकिएका पत्रपत्रिकाबाट यसरी बन्छ ‘पेपर पेन्सिल’
कास्की । पत्रपत्रिका पढेपछि सामान्यतया: हामि त्यसको पुन प्रयोग गर्दैनौ । यसलाई काम नलाग्ने वस्तुको रुपमा लिइन्छ । तर गण्डकी प्रदेशस्थित कास्की पोखराका केही महिलाले पत्रपत्रिका उपयोग गरेर पेन्सिल बनाइरहेका छन् ।

कोइकाको आर्थिक सहयोगमा पोख्रेली सिसा कलम नामको परियोजना अन्तर्गत ‘पेपर पेन्सिल’ परियोजना सञ्चालनमा ल्याइएको हो । यो कामका लागि सुरुमा पत्रिका संकलन गरिन्छ । आवश्यकता अनुसार काटेपछि गम लगाएर एक अर्कामा टाँसिन्छ । त्यसपछि लिड राखेर पत्रिकालाई मोडिन्छ । एकै पटक १०-१५ वटासम्म पेपर पेन्सिल बनाउन सकिने परियोजनामा काम गर्नेहरु बताउनुहुन्छ ।

लिडसहित रोल गरेको पत्रिकालाई सुकाइन्छ र मेसिनमा राखेर कटिङ गरिन्छ । मेसिनबाट निस्किएको पेन्सिल सिधै घाममा सुकाउन भने मिल्दैन । सुरुमा छायामा सुकाएर मात्र घाममा राखिन्छ । यसरी सजिलैसँग पेपर पेन्सिल तयार हुन्छ ।

Photo-Npl
















तपाईको प्रतिक्रिया