नागढुंगा नौबिसे मलेखु सडक : मंसिर २४ देखि पुस १ गतेसम्म बिहान १०:३० बजे देखि ३:३० बजेसम्म बन्द
काठमाडौं । नागढुंगा नौबिसे मलेखु सडक खण्ड अन्तर्गत नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा सडक कालोपत्रे सुरु गरिएको छ । मंसिर २४ गते देखि पुस १ गतेसम्म बिहान १० ३० बजे देखि ३ ३० बजेसम्म यो सडक खण्ड बन्द गरी सडकको स्तरोन्नति हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैसँग समन्वयन गरी छिटो र प्रभावकारी रूपमा काम सम्पन्न गर्न सडक बन्द गर्नुपरेको जानकारि दिएको छ । यता, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रुपमा सूचना प्रकाशित गरी सडक बन्द भएकाले विकल्प खोज्न सुझाव दिएका छन् । त्रिभुवन राजपथको नागढुंगा नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ। सडक विभागले काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकताका राखी काम सम्पन्न गरिने जानकारी दिएको छ । सडकखण्ड साँघुरो भएको र कालोपत्रका लागि एकै पटकमा धेरै उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुन्छ ।

यस्तै, धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने काम पनि सुरु गरिएको आयोजनाले जानकारी दिएको छ । काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा चेकपोस्टमा रोकिएका छन् भने अत्यावश्यकीय सवारीसाधन एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण गरेर नियमित गरिएको छ ।

















तपाईको प्रतिक्रिया