NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन आज थपिने ४ मन्त्रीहरु

Nepal Tube

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गरेर १४ सदस्यीय बनाउदै हुनुहुन्छ । श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाएर प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रीमण्डल विस्तार गर्न लाग्नु भएको हो ।

श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिनेगरि राष्ट्रपति कार्यालयमा नाम पठाएको छ । नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजेका लागि तय भएको छ । चौथोपटक विस्तार भएपछि कार्की मन्त्रीपरिषद् १४ सदस्यीय हुने भएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार