Saturday, 13 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआजबाट एमालेको ११ औँ महाधिवेशन, ओलीकै निरन्तरता कि ईश्वरलाई अवसर ! 

आजबाट एमालेको ११ औँ महाधिवेशन, ओलीकै निरन्तरता कि ईश्वरलाई अवसर ! 


काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । भक्तपुरको सल्लाघारीमा बिहान ११ बजेबाट सुरु हुने महाधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

मञ्चमा निर्माण गरिएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटद्वारा पाला बालेर उद्घाटन गर्नुहुनेछ । महाधिवेशन ११ औँ पटक हुन लागेकाले ११ वटा पार्टी झण्डा राखिने, तीमध्ये १० वटा झण्डा शुरुमा नै फहराइने र एउटा झण्डा रिमोटबाट फहराइने बताइएको छ । सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा हुने महाधिवेशनस्थलमा देशभरबाट आएका नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू उद्घाटन समारोहमा सहभागी हुँदैहुनुहसन्छ । १६ वटा दलका अध्यक्ष वा प्रतिनिधि उपस्थित हुने र विभिन्न देशका कूटनीतिक नियोग तथा पार्टीहरूबाट समेत महाधिवेशन सफलताको शुभकामना सन्देश प्राप्त भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको छ । महाधिवेशनस्थलमा नेपालको सांस्कृतिक विविधता झल्काउन २ सय भन्दा बढी जातजातिको कला–संस्कृति प्रस्तुत गर्ने झाँकी प्रदर्शन गरिने छ ।

कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित बनाउन ५ सय बढी स्वयंसेवक ड्रेसकोडसहित र जनसेवा व्यवस्थापनका लागि १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिनेछन् । एमालेले नेपालकै इतिहासमा पहिलो पटक ठूलो तथा कलात्मक मञ्च तयार गरिएको जनाएको छ । राष्ट्रिय एकताको प्रतीक झल्काउने साङ्गीतिक प्रस्तुति कलाकारहरूले मञ्चमै प्रस्तुत गर्ने तयारी गरिएको छ ।

एमाले अध्यक्षका रुपमा तेस्रो कार्यकाल दोहोरिन चाहाने ओली र पुस्तान्तरण र एमाले भित्र सुधारको खाँचो भन्दै अध्यक्ष बन्न अघि सर्नुभएका ईश्वर पोखरेलमा कस्ले मार्नुहोला नेतृत्वमा बाजि ? महाधिवेशन बाटै छिनोफानो लाग्नेछ । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ