एमाले महाधिवेशन : केपी ओलीकै निरन्तरता कि ईश्वरलाई मौका
मत गणनाको ३ घण्टामा आउला त परिणाम ?
काठमाडौं। नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । २ हजार २ सय ६३ प्रतिनिधिमा २ हजार २ सय २७ मत मात्र खसेको निर्वाचन आयोगले जनाएको छ ।
९८.४ प्रतिशत मत खसेको जानकारी दिएको केन्द्रीय निर्वाचन आयोगले १० बजे आसपासबाट गणना सुरू हुने जनाएको छ । विद्युतीय मेसिनबाट भएको मतदानको मतगणनाका लागि ८० वटै मेसिनको फरक–फरक मुचुल्का तयार गरेर चिप्स निकालिएको छ । गणना सकेर नतिजा आउन ३ देखि ४ घण्टा लाग्ने बताइएको छ ।
केपी शर्मा ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा हुनुहुन्छ । ५ जना उपाध्यक्ष पदका लागि ११ जना, महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे मैदानमा हुनुहुन्छ । ३ उपमहासचिव पदका लागि ७ जना र ९ सचिव पदका लागि २० जना मैदानमा छन् । एमालेमा ३ सय १ केन्द्रीय सदस्यका लागि ६ सय ६० जनाको उम्मेदवारी परेको छ ।















तपाईको प्रतिक्रिया