Friday, 19 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरास्वपा सभापति रवि जेलमुक्त,भोलिबाटै पार्टीमा सक्रिय हुने

रास्वपा सभापति रवि जेलमुक्त,भोलिबाटै पार्टीमा सक्रिय हुने


काठमाडौं । रास्वपा सभापति रवि लामिछाने अदालतको आदेश अनुसार कागजी प्रक्रिया पूरा गरेर रिहा हुनुभएको छ । जिल्ला अदालत रुपन्देहीमा कागजी प्रक्रिया पूरा गरेपश्चात छुट्नुभएका उहाँ भैइरहवाबाट चितवन प्रस्थान गर्नुभएको छ ।

चितवनमा शनिबार रास्वपा सभापति रविले स्थानीय नेता–कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटघाट गर्नुहुनेछ।  भोली साँझ नै काठमाडौं फर्किने बताइएको छ । रविसँगै पत्नी निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल समेत साथमा हुनुहुन्छ ।

रवि तत्कालै पार्टीको जिम्मेवारीमा सक्रिय बन्नुहुने भएको छ । कार्यवाहक सभापति डिपी अर्यालले विज्ञप्ति जारी गर्दै कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराउनुभएको छ ।

अर्यालले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गर्नुभएको छ । झुटा मुद्दाहरू हाल यथावत् रहेको र यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारले सुरु गरेको दाबीसहित राजनीतिक प्रतिशोधको शृङ्खला सुशीला कार्की नेतृत्वको नागरिक सरकारले पूर्णविराम लगाउने विश्वास अर्यालले व्यक्त गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ