त्रिभुवन विश्वविद्यालयका १६ हजार वढी विद्यार्थी दीक्षित
दशरथ रंगशालामा दीक्षान्त समारोहको उत्सव
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह मार्फत आज (बिहीबार) १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।
दशरथ रंगशालामा भएको त्रिवि दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी भएको त्रिभुवन विश्वविद्यालयले जनाइएको छ । समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी भएका छन् ।

विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए। Photo- NPL
















तपाईको प्रतिक्रिया