Thursday, 25 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalरवि र बालेनको दौडधुव, नयाँ र बैकल्पिक शक्ति मिलाउने कसरत

रवि र बालेनको दौडधुव, नयाँ र बैकल्पिक शक्ति मिलाउने कसरत


काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र साह केही दिनयता निरन्तर वार्तामा हुनुहुन्छ । काठमाडौं महानगरपालिकाका मेयर साहसँग विहिबार दिउँसो समेत अढाइ घन्टा वार्ता गर्नुभएका  रास्वपा सभापति रवि लामिछाने बाहिरिदैगर्दा छिट्ने परिणाम आउने बताउनुभएको छ ।

सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिएर बाहिरिनुभएका लामिछानेले बैकल्पिक शक्तिका रुपमा नयाँ दल एउटै अभियानमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।  साझ समेत निर्णयमा पुग्नेगरि थप छलफल हुने बताइएको छ ।

मेयर बालेनले मन्त्री समेत रहनुभएका उज्यालो नेपाल पार्टी खोल्नुभएका कुलमान घिसिङ, पूर्व सांसद अमरेश कुमार सिंह र कांग्रेस नेता एवम पूर्व सांसद डा. सुनिल शर्मासँग समेत भेटवार्ता गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराइसँग समेत बालेनको भेटवार्ता भएको छ । नयाँ, आशा गरिएका सबैलाई मिलाउने अभियानमा जेन जि अगुवा सुदन गुरुङ लाग्नुभएको  छ । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ