Tuesday, 30 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalहात्तीलाई १५ परिकारको वनभोज खुवाएर सकियो चितवन हात्ति महोत्सव

हात्तीलाई १५ परिकारको वनभोज खुवाएर सकियो चितवन हात्ति महोत्सव


काठमाडौं । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव सकिएको छ । हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर महोत्सव आज समापन भएको हो ।

हात्तीका लागि विशेष वनभोजको आयोजना गरेर १५ परिकार का खानेकुरा खान दिइएको छ । महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुंगा दौड प्रतियोगिता, हात्ती फुटबल लगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि भएका थिए। होटल संघ नेपाल आयोजक, रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक रहेको महोत्सव सौराहास्थित बाघमारा चौरमा चलेको थियो ।

महोत्सवका विभिन्न गतिविधिमा सरकारी तथा निजी क्षेत्रका गरी करिब ८० वटा हात्ती सहभागी गराइएका थिए । (फोटो : प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ