Tuesday, 30 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकुलमान घिसिङ अब रास्वपा उपसभापति, यसरी एक भए रवि, बालेन र कुलमान

कुलमान घिसिङ अब रास्वपा उपसभापति, यसरी एक भए रवि, बालेन र कुलमान


काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गरेको उज्यालो नेपाल पार्टी रास्वपामा मिसिएको छ । घिसिङ रास्वपाको उपसभापतिका रूपमा दोस्रो वरियतामा रहनेसहमतिसँगै दुई पार्टी एक भएका हुन् ।

सोमबार अबेरराति रास्वपा सभापति रवि लामिछाने र घिसिङबिच बालेन शाह साँची बसेर ७ बुँदे सहमति भएको छ ।  लामो वार्तापछि भएको सहमति पत्रमा रवि, बालेन र उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको छ । ७ बुँदे सहमतिको पाँचौं बुँदामा उज्यालो नेपाल अभियानको अपनत्व रास्वपाले लिने भनिएको छ ।

जेन जि आन्दोलनलाई अपनत्व लिदै घाइतेका लागि उचित व्यवस्थापन,पार्टी एकतापश्चात् उज्यालो नेपालमा आबद्ध युवा अभियन्ता र अनुभवी विज्ञलाई समुचित समायोजन, जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने सहमति भएको छ ।

कुलमान र बालेरले रास्वपा पार्टीकै नाम र चुनाव चिन्ह स्विकार गर्दा यसअघि नै चुनावपछिको संसदीय दलको नेता र प्रधानमन्त्री बालेन शाहलाई बनाउने सहमति भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ