काठमाडौं । कतार सरकारले १३ जना नेपालीलाई आममाफी दिएको छ । आफनो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपालीलाई कतारले आममाफी दिएको हो ।

नेपालस्थित परराष्ट्र मन्त्रालयले आज विज्ञप्ती निकालेर कतारको जेलमा रहेका कैदीहरूलाई आममाफी दिएको जनाएको छ । सरकारले आममाफीको लागि कतार सरकारलाई धन्यवाद समेत दिएको छ ।
परराष्ट्र मन्त्रालयले उदारतापूर्वक प्रदान गरिएको आममाफीको लागि कतार सरकारप्रति आभार प्रकट गर्दै नेपाल र कतार राज्यबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दता कायम रहने जनाएको छ ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया