कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक
कसरी खोज्ने महाधिवेशन बिवादको निकास ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकसँगै महाधिवेशनको किचलो के होला भन्ने चासो सुरु भएको छ ।

ललितपुरस्थित पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले बैशाखमा नियमित महाधिवेशन वा महामन्त्री द्धय गगन थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधरले भनेजस्तै पुस मसान्तमै विशेष महाधिवेशन भन्ने बिवादको निकास निकाल्ने छ । कार्यसम्पादन समितिले पार्टीलाई एकठिक्का बनाएर गतिशिल रुपमा निकास खोज्नुपर्ने नेताहरुको धारणा रहेको छ । महाधिवेशनको फरक मतको व्यवस्थापन कसरी होला त ?

यसअघि शुक्रबार बसेको कार्यसम्पादन बैठकले वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २६ को महाधिवेशन कार्यतालिका प्रभावित भएपछि विशेष महाधिवेशन गर्नुपर्ने अडान लिदैआउनुभएको छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित यसअघि नै केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । Photo-Npl
















तपाईको प्रतिक्रिया