स्टार स्ट्राइकर ‘साम्बा’ ९ देखि १२ महिना मैदान बाहिर रहने
दाहिने घुँडामा गहिरो चोट
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ९ देखि १२ महिना मैदान बाहिर रहनुहुने भएको छ । अष्ट्रेलियाको ब्रिजवेनमा ए लिग फुटबल खेल्दैगर्दा चोट लागेपछि साम्बाले लामो समय आराम गर्नुपर्ने भएको हो ।
न्युजिल्यान्डको क्लब wellington phoenix बाट जनवरी ३ मा Brisbane Roar सँग खेल्दैगर्दा दोस्रो हाफमा गोल गर्ने क्रममा साम्बा घाइते हुनुभएको थियोे । पुरानो घाउका कारण दाइने घुँडामा पट्टि बाधेर खेल्दै आउनुभएकी साम्बाको दाईने घुँडामै ब्रिजबेन रोअरकी किपर Chloe Lincoln लडेपछि गहिरो चोट लागेको थियोे । MRI रिपोर्टका आधारमा ९ देखि १२ महिना आराम गर्दा टिमलाई ठूलो क्षति पुगेको, टिमको चर्चिच, आशालाग्दी खेलाडी साम्बा भएको टिमका हेड कोच Bav Priestman ले बताउनुभएको छ । A लिगमा टिमका लागि साम्बाले ३ गोल गर्नुभएको थियोे ।
टिम विलिङ्टन फोनिक्सले ब्रिजवेनमा ए लिग खेलिरहेको छ । स्ट्राइकर ‘साम्बा’ न्युजिल्यान्डको क्लब वेलिङ्टन फोनिक्समा आवद्ध भएर व्यवसायिक फुटबल खेल्दा उहाँले खेल्ने खेलमा नेपालीको भीड लाग्ने गरेको थियो ।
















तपाईको प्रतिक्रिया