काठमाडौं। आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरेर मनाइँदैछ ।
विसं १७७९ मा जन्मिएर २० वर्षको उमेरमा गद्दीआरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेकाे सम्मानमा यो दिवस मनाउदै आइएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरीदैछ ।
पृथ्वी जयन्तीका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्षनेता, पूर्वप्रधानमन्त्री र विभिन्न व्यक्तित्वलाई आमन्त्रण गरेर चियापान समारोह आयोजना गरेको छ ।
शाहको जन्मस्थान गोरखामा समेत हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको शालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।
तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको सहयोग तथा सहभागितामा बाइसे, चौबीसे राज्यलाई एकीकृत गर्नुभएको थियोे । शाहको १८३१ सालमा ५२ वर्षको उमेरमा निधन भएको थियो ।
















तपाईको प्रतिक्रिया