कांग्रेस विशेष महाधिवेशन : फुट कि एकढिक्का बनेर निकास ?
काठमाडौं । महामन्त्री द्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा कांग्रेसको दोस्रो विशेष महाधिवेशन (आइतबार) २८ पुसदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी रहदा पार्टी सग्लो रहला कि फुट्ला भन्ने नयाँ बहस हुन थालेको छ ।
भृकुटीमण्डपको हलमा महामन्त्री गगन कुमार थापाको समसामयिक राजनीतिक र विश्वप्रकाश शर्माको सांगठनिक प्रस्ताव माथि ७ वटा समूहमा छलफल हुँदैगर्दा नेताहरु भने पार्टीलाई एकठिक्का बनाउनुपर्छ भन्दै छलफलमा जुटेका छन् । यो विशेष महाधिवेशनबाटै निती र नेतृत्व बदल्ने उद्घोष गरेका महामन्त्री द्वय, गगन र विश्व समेत पार्टी विभाजनको तहसम्म बिवाद पुग्न नदिने बताइरहनुभएको छ । कार्यबाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला लगायतले हारजितको लडाई झगडा नभई कांग्रेसको जितका लागि सबै पक्ष संवादमा जुट्नुपर्ने बताउनुभएको छ । यता, सहमतिका लागि महामन्त्री शर्माले विशेष महाधिवेशन पक्षधरका तर्फबाट ५—६ बुँदा रहेको सहमति प्रस्ताव सभापति देउवालाई पठाउनुभएको छ ।
सहमतिको वातावरण नबिग्रियोस भनेर प्रस्तावमा के—के छ भन्ने विवरण भने गोप्य राखिएको छ । सभापति देउवालाई शेखर पक्ष र संस्थापनकै डा. मिनेन्द्र रिजाल लगायतका नेताहरुले द्धन्द्ध बढाउने भन्दा सहमतिको वातावरण बनाएर कांग्रेसलाई एकठिक्का बनाउन दबाब दिइरहेका छन् । देउवा र गगन—विश्व आफू निकट नेताहरुसँग संवादमा हुनुहुन्छ ।
बन्द हलबाट गगन—विश्वलाई पछि नहट्न महाधिबेशन प्रतिनिधिले आग्रह गरिरहेका छन् । महाधिवेशन प्रतिनिधिहरुले पार्टी एकढिक्का बनाउदै नेतृत्व र निती फेर्नुपर्ने आवाज उठाइरहेका छन् ।
















तपाईको प्रतिक्रिया