देउवासँग गगन र विश्वको वार्ता, जुटेन अझै सहमति
काठमाडौं । कांग्रेस सभापित शेरबहादुर देउवासँगको महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा बीचको भेटवार्तामा समेत सहमतिको ठोस निकास निस्किन सकेन ।
देउवासँगको भेटमा दुवै महामन्त्रीले सभापति देउवाको सक्रियताबारे चासो राख्दै अब सम्मानजनक बहिर्गमनको प्रस्ताव राखेको बताइएको छ । करिब ४५ मिनेटको भेटवार्तामा सभापति देउवाबाट सहमति बारे ठोस जवाफ नआएको महामन्त्री द्वयले महाधिवेशन प्रतिनिधिलाई ब्रिफिङ गरेका छन् । यसअघि भएका वार्ताहरू निर्षकर्षविहीन भएपछि सभापति देउवाले दुई महामन्त्री गगन र विश्वप्रकाशलाई बुधबार बिहानै छलफलका लागि निजी निवास महाराजगन्ज बोलाउनु भएको थियोे ।
महामन्त्री द्वय गगन र विश्वले सहमति टर्दै गएको बारे निर्वाचन समितिलाई जानकारी गराएको बुझिएको छ । अब विशेष महाधिवेशनमार्फत निर्वाचन प्रक्रिया अघि बढाउने तयारीमा महाधिवेशन पक्षधर नेतासँगै निर्वाचन कमिटी जुटेको छ ।
















तपाईको प्रतिक्रिया