Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविश्वभर गम्भीर आर्थिक मन्दीको सामना गर्नुपर्ने विश्व बैंकको प्रक्षेपण

विश्वभर गम्भीर आर्थिक मन्दीको सामना गर्नुपर्ने विश्व बैंकको प्रक्षेपण


एजेन्सी, काठमाडौं । विश्व बैंकले विश्व अर्थतन्त्रमा गम्भीर मन्दी देखिने प्रक्षेपण गर्दै सबैलाई सचेत गराएको छ । वुधबार विश्व अर्थतन्त्रको प्रक्षेपण सार्वजनिक गर्दै बैंकले मन्दीको प्रभाव लामो समयसम्म रहने प्रक्षेपण गरेको हो ।

विश्व बैंकको पछिल्लो प्रक्षेपण अनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने छ । अमेरिकामा उच्च मन्दीको आँकलन गरिदैगर्दा नेपालले भने चालु आवमा ५.१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने विश्व बैंकको प्रक्षेपण गरेको छ । विश्वबैंकले २०२३ मा माल्दिभ्सको आर्थिक वृद्धिदर ८.२ प्रतिशत, भारतको ६.९ प्रतिशत, बंगलादेशको ५.२ प्रतिशत, नेपालको ५.१ प्रतिशत, भुटानको ४.१ प्रतिशत, पाकिस्तानको २ प्रतिशत, श्रीलंकाको ४.२ प्रतिशत आर्थिक बृद्धि रहने प्रक्षेपण गरिएको छ ।

यस्तै, अफगानिस्तानको आर्थिक वृद्धिको तथ्यांक भने विश्व बैंकले उल्लेख गरेको छैन । यो विश्व बैंकको सन् २०२३ को पहिलो प्रक्षेपण हो । सन् २०२३ मा अमेरिकाले ०.५ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त गर्ने जनाइएको छ । चीनले सन् २०२३ मा ४.३ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ